सुभेन्द्र दास,लहान । सिरहा नगरपालिकाको वडा न पा १६ खिरौना चौक स्थित एक पुरुषको वेवारिसे शव फेला परेको छ ।
सिरहा नगरपालिका १५ बस्ने अन्दाजी ४० वर्षीय सुरेश साफी आईतबार विहानमृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराजबोहराले जानकारी दिए । एकाविहानै स्थानीयवासीले साफीको शव देखेपछिप्रहरीलाई खबर गरेका थिए ।
पुरुषको शव रहेको घटनास्थलको प्रकृति हेर्दा अत्याधिक मात्रामा मदिरासेवनको कारणले मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएपनि मृतककोमुखबाट रगत बगेको देखिएका कारण अनुसन्धानपछि मात्र केही भन्न सकिने डिएसपीबोहराले बताए ।
मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा ल्याइएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया