ईबीए र सेब क्वाटरफाइनलमा

0
Shares

काठमाडौं, (नेस) ।ईबीए र सेब १४औं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

ईबीएले जुगललाई २८–२२ र सेबले बीएनएलाई ३५–३१ ले हराए। त्यस्तै एन्जल्स हर्टले प्राञ्जलीलाई २७–१९ र गोल्डेनपिकले पारामाउन्टलाई २९–२० ले पाखा लगाउँदै अन्तिम आठमा प्रवेश गरे।

सिनियर ब्वाइजमा गोल्डेनपिकले न्यु समिटलाई ५६–५० तथा टीआईएले पृथ्वीलाई ४५–३५ ले पन्छ्याउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।