डीएभी फुटसल हुँदै

0
Shares

ललितपुर, (नेस)। खेलकुदका माध्यमबाट आपसी भाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्धि गर्ने उद्देश्यका साथ डीएभी स्कुलले दोस्रो डीएभी सिक्स ए साइड फुटसल प्रतियोगिता आयोजना गर्न लागेको छ।

कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतका अनुसार गतवर्षको पुरस्कार राशिमा वृद्धि गरी विजेता टोलीलाई १ लाख ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ।

यही भदौ १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने जनाइएको छ।