राइडर्सद्वारा आर्थिक सहयोग

0
Shares

हेटौंडा, (नेस) ।साइकल राइडर्सको क्लबका रूपमा रहेको हेटौंडा राइडर्स क्लबले विश्व साइकलयात्री पुष्कर शाह ट्रस्टलाई आर्थिक सहयोग गरेको छ।

हेटौंडामा शाहलाई क्लब अध्यक्ष विकास ताम्राकारले ३५ हजारको चेक हस्तान्तरण गरेका हुन्।

ट्रस्टबाट बहिरा विद्यार्थीलाई पढाइँदै आएको शाहले बताए।

गत साउनमा गरिएको हेटौंडा कोरा कार्यक्रमका बेला साइकल राइडर्सबाट संकलित रकम प्रदान गरिएको ताम्राकारले जानकारी गराएका थिए।