निम्स सेमिफाइनलमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।निम्स सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ। सिनियर गल्र्समा निम्सले रातो बंगलालाई २१–१६ ले पराजित गर्यो।

जुनियर ब्वाइजमा महामञ्जुश्रीले पुष्पसदनलाई २२–१६ तथा सेबले ग्रिनफिल्डलाई २९–१९ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरे।

सिनियर ब्वाइजमा द एक्सेल्सियरले इनोभेटिभलाई ४०–३९, नेपालयले एरिस एकेडेमीलाई ४५–४३, निम्सले डेनेबलाई ४३–२७, ओसिसले रातो बंगलालाई २३–२२, ग्रिनफिल्डले जेनिअमलाई ४२–२७ र नेपाल सेन्ट्रलले ज्योति एकेडेमीलाई ३३–२८ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा पुगे। नेपालयका देव आले मगरले ३७ अंक जोडेका थिए।