लहान, (नेस) ।सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित इलाका प्रहरी कार्यालय महेशपुर पतार सिरहा र प्रहरी चौकी कचनारी सिरहाबाट खटिएको गस्ती टोलीले अवैधरूपमा लुकाई छिपाई राखेको भन्सार छलीको सामान बरामद गरेको छ।
प्रहरी गस्ती टोलीले सोफी, पास–पास, गौरव, अनामीका नामक करिब ८५ हजार ३ सय मूल्य बराबरको मदिरा ८७ कार्टुन र जोगिन्द्र चौधरीको घर बाट सोफी मदिरा ८४ हजार मूल्यको १ सय ५ कार्टुन तथा १ लाख ६९ हजार ३ सय मूल्य बराबरको १ सय ९२ कार्टुन मदिरा नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय ठाडी, सिरहामा बुझाएको बताएको छ।











प्रतिक्रिया