प्रदेश–२ मा तीनवटा अर्गानिक  मलको उद्योग स्थापना हुने

0
Shares

नेपाल समाचारपत्र, लहान। प्रदेश–२ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले अर्गानिक स्टेटको रूपमा प्रदेश–२ लाई अगाडि बढाउने बताउनुभएको छ। मन्त्री साहले खेतीको समयमा हुने मलको अभावलाई कम गर्न प्रदेश २ मा ३ वटा अर्गानिक मलको उद्योग स्थापनाको तयारीमा सरकार रहेको जानकारी दिनुभयो।

लाहानमा शनिबार पत्रकारसँग भेटघाट गर्नुहुँदै मन्त्री साहले साना किसानको खेतमा सिँचाइको लागि कोशी–कमला डाईभर्सन गरी सिँचाइको व्यवस्थापन गर्नको लागि ५ हजार ट्यूववेल वितरण गर्ने बचन दिनुभयो।

मन्त्री साहले प्रदेशलाई कृषिमा नमुना बनाउँन सिँचाइ, मलखाद, उन्नत बीऊविजनसहित बजारीकरणको आधारभूत संरचना तयारीमा लागेको बताउनुभएको छ।
मुख्यमन्त्री साहले कृषि उत्थान कार्यक्रमले प्रदेश–२ को कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादकत्व अभिवृद्धि गर्न १० कठ्ठासम्म जमिन भएका किसानलाई वार्षीक १० हजार रकम उपलब्ध गराउने बताउनुभयो।

प्रदेश २ सरकारले किसानले कम लागतमा बढी मुनाफा हासिल गर्नसकून भनी कृषि उपकरण खरिदमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान छुटको समेत व्यवस्था गरेको छ। कृषिक्षेत्रको समस्या समाधानका लागि दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना बनाएर अगाडि बढिरहेको मन्त्री साहले उल्लेख गर्नुभयो।

जल, जमिन र जनशक्तिको अधिकतम प्रयोग गर्दै प्रदेशका युवालाई प्रदेशमै राख्नको लागि पनि कृषिक्षेत्रलाई व्यवस्थित र सामूहिक खेतीको लागि समेत ऋण उपलब्ध गराउने मन्त्री साहले बताउनुभयो।
देशभर वार्षीक ६ देखि ७ लाख मेट्रिक टन रासायनिक मलको माग रहे पनि ४ लाख मेट्रीक टन मात्रै आपूर्ति हुने गरेको बताउँदै मन्त्री साहले मागअनुसार आपूर्ति नहुँदा प्रदेश २ मा कृषि उत्पादनमा कमी हुँदै गएको बताए।

कृषि उत्पादनमा जोड दिँदै स्थानीय तहको समन्वयमा कृषकले कस्टम ह्यारिङ सेन्टरमार्फत न्यूनतम शुल्कमा कृषि औजार तथा उपकरण प्रयोग गर्ने सुबिधा प्रत्येक पालिकामा व्यवस्था गरिने मन्त्री साहले उल्लेख गर्नुभयो।
जल, जमिन र जनशक्तिको अधिकतम प्रयोग गर्दै प्रदेशका युवालाई प्रदेशमै राख्नको लागि पनि कृषिक्षेत्रलाई व्यवस्थित र सामूहिक खेतीको लागि समेत ऋण उपलब्ध गराउने मन्त्री साहले बताउनुभयो।

प्रदेशका सिराहालगायत आठवटै जिल्लामा कोल्ड स्टोर, प्रदेशको प्रत्येक पालिकामा दूधमा आत्मनिर्भरता बढाउन चिस्यान केन्द्र र धानचामल ब्रान्डिङको लागि प्रत्येक जिल्लामा सेलर प्लान्टको व्यवस्था गर्दै ‘हरेक खेतमा सिँचाइ, हरेक हातमा रोजगारी’ नारालाई सार्थक बनाउने मन्त्री साहले प्रतिबद्धता व्यक्त गर्नुभयो।