फरार दुई वर्षपछि पक्राउ 

0
Shares

पर्वत, (नेस) ।चोरी मुद्दाका फरार प्रतिवादी दुई वर्षपछि पक्राउ परेका छन्। पर्वतको मोदी गाउँपालिकाका २१ वर्षीय सरोज परियार सोमबार दिउँसो कुस्मा बजारबाट पक्राउ परेका हुन्।

परियार २०७५ माघ २ गते जिल्ला अदालत पर्वतको फैसला बमोजिम चोरी कसूरमा दोषी ठहरिएका थिए। उनी ३ महिना कैद सजाय भूक्तान गर्ने गरी गरिएको फैसलालाई अटेर गरी लुकिछिपी बसेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनलाई कुस्मा नगरपालिका–५ बाट पक्राउ गरी अदालत पेश गरेको जनाएको छ।

परियारलाई फैसला बमोजिम जेल चलान गरेको जानकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो।