छतबाट खसेर मृत्यु

0
Shares

वीरगन्ज, (नेस) । घरको छतबाट लडेर एक भारतीय कामदारको मृत्यु भएको छ। भारतको बेतिया मझबलियाका २२ वर्षीय नजरे आलमको काम गर्नेक्रममा छतबाट लडेर ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, दुर्गा पल्पस फ्याक्ट्रीमा डकर्मीको काम गर्ने क्रममा आलम सोमबार अपराह्न २ तले भवनबाट लडेका थिए।

घाइते आलमलाई उपचारका लागि गण्डक अस्पताल वीरगन्ज लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो। शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाएको पर्सा प्रहरीले जनाएको छ।