नगरपालिकाले दुई सय विद्यार्थीलाई दियो साइकल साइकल पाएपछि छात्र–छात्रा हर्षित

0
Shares

सुभेन्द्र दास, लहान। सिरहाको कर्जन्हा नगरपालिकाले प्रदेश २ सरकारको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत छात्रछात्रालाई मंगलबार साइकल उपलब्ध गराएको छ।
कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासमानले नगरपालिकाभित्रका २ सय छात्र–छात्रालाई साइकल उपलब्ध गराएको हो।

नगरपालिकाले नगरभित्रका जनसेवा उच्च मावि कर्जन्हामा अध्ययरत १ सय ६ र राष्ट्रिय फूलकुमारी उच्च मावि बन्दीपुरका ९४ छात्र–छात्रालाई साइकल उपलब्ध गराएको हो। कर्जन्हा नगरपालिकाले पहिलो पटक २ सय छात्रछात्रालाई साइकल उपलब्ध गराएको छ।

११ कक्षाको परीक्षा दिइसकेकी अञ्जली अधिकारी भन्छिन्, ‘सधैं हिँडेर स्कुल पुग्थें, अब साइकल पाएको छु। समयमै स्कुल पुग्ने साधन भएकोले खुसी छु।’

साइकल पाउँदा छात्र–छात्रा उत्साहित भएका छन्। ११ कक्षाको परीक्षा दिइसकेकी अञ्जली अधिकारी भन्छिन्, ‘सधैं हिँडेर स्कुल पुग्थें, अब साइकल पाएको छु। समयमै स्कुल पुग्ने साधन भएकोले खुसी छु।’

साइकल पाएर हर्षित बनेकी अर्की छात्रा अंशु कोइरालाले नेपाल समाचारपत्रसँग प्रसन्नता व्यक्त गर्दै भनिन्, ‘साइकल पाएर मेरो पढाइमा थप ऊर्जा आएको छ। टाढाबाट विद्यालय जान्थें, कहिलेकाहीं कक्षा नै छाडिदिन्थें। अब नियमितरूपमा कक्षा आउन सक्ने भएँ।’