काठमाडौं, (नेस) ।दोस्रो उपत्यका व्यापी गोल्डेन पिक अन्तर विद्यालयीय तीज नृत्य प्रतियोगिताको उपाधि नागार्जुन भ्याली एकेडेमी स्कुलले पाएको छ। राष्ट्रिय नाचघर काठमाडौंमा भएको प्रतियोगितामा सृजना ज्ञानसागर स्कुल दोस्रो र कौशल इंग्लिस सेकेन्डरी स्कुल तेस्रो भएका छन्।
सरस्वतीनगरस्थित गोल्डेन पिक हाइ स्कुलले आयोजना गरेको दोस्रो उपत्यका व्यापी गोल्डेन पिक अन्तर विद्यालयीय तीज नृत्य प्रतियोगितामा ब्राइट एन्जलस स्कुल चौथो, एआईए स्कुल पाँचौं, अमृत आवासीय स्कुल छैठौं, प्याराडाइज रिडर्स स्कुल सातौं, हिमरश्मी हाइस्कुल आठौं, ग्रीनल्यान्ड स्कुल नवौं र नेरिक एकेडेमी दशौं भएका छन्।
तीज पर्वको अवसरमा आयोजित प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौं हुनेलाई क्रमशः नगद १५ हजार, १२ हजार ८ हजार र ५ हजार नगद राशीका साथ सिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगिताका विजयीलाई कार्यक्रमका समापन समारोहका प्रमुख अतिथि प्रतिनिधि सभाकी सदस्य रामकुमारी झाँक्रीले पुरस्कार, सिल्ड र प्रमाणपत्र वितरण गर्नुभएको थियो।
यस्तै चौथोदेखि १०औं हुने स्कुललाई सिल्ड र प्रमाणपत्र पत्रकार तथा लेखक दामोदर न्यौपाने, पत्रकार रामकला खड्का, पत्रकार कालिका शिवाकोटी, महिला अधिकारकर्मी लक्ष्मी न्यौपाने, उपत्यका प्याब्सन अध्यक्ष थकिनकुमार गुरुङ र काठमाडौंका वरिष्ठ उपाध्यक्ष राम केसीलाई प्रदान गरिएको गोल्डेन पिक हाईस्कुलका प्रिन्सिपल छत्रमणि राईले जानकारी दिनुभयो।











प्रतिक्रिया