काठमाडौं, (नेस) ।प्रकाश तामाङको नाममा रहेको लु५२प ८५०५ नम्बरको मोटरसाइकल चोरी गरी फरार भएका रवीन नेपालीलाई प्रहरीले बुटवलबाट पक्राउ गरी काठमाडौं ल्याउने क्रममा थानकोटबाट फरार भएका थिए।
हत्कडीसहित फरार भएका नेपालीलाई महानगरीय अपराध महाशाखाको टोलीले थानकोट इलाकामा नै लुकेर बसेको अवस्थामा पक्राउ गरेको छ।
तामाङको उक्त मोटरसाइकल चोरी गरी रुपन्देहीको बुटवल पुर्याएर भीमबहादुर सुनारलाई बेचेको सुराकी पाएको प्रहरीले दुवै जनालाई बुटवलबाट पक्राउ गरी काठमाडांै ल्याउने क्रममा नेपाली भाग्न सफल भएका थिए।
पक्राउ परेका नेपाली र सुनारलाई थप अनुसन्धानका लागि प्रहरीले महानगरीय प्रहरी वृत्त स्वयम्भू पठाएको छ।











प्रतिक्रिया