काठमाडौं, (नेस) ।जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनको आदेशले ४ महिना ५ महिना १ दिन कैद फैसला गरेपछि फरार रहेका सुमन खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी कारबाही गर्न जिल्ला अदालत पेस गरेको छ।
एक १५ वर्षीया बालिकालाई आर्थिक प्रलोभनमा पारी आफ्नै कोठामा पटक पटक बलात्कार गरी अलपत्र पारेको अभियोगमा प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएकोमा उनी अदालतको आदेशपछि फरार भएका थिए।
त्यसैगरी खड्काले अर्जुन तामाङसँग ८ लाख ५० हजार रकम लिएर चेक दिएको र चेक नसाटिएपछि पटक पटक पैसा दिन आनाकानी गरेपछि तामाङले अदालतमा मुद्दा दायर गरेका थिए।
अदालतले चेक अनादर मुद्दामा खड्कालाई ८ लाख ५० हजार जरिवाना र १५ दिनको कैद फैसला गरेपछि उनी फरार भएको मुद्दामा समेत प्रहरीले खड्काको खोजी गरेको थियो।











प्रतिक्रिया