काठमाडौं, (नेस) ।काठमाडौं जिल्लाका स्थानीय तहको बेरुजु फछ्र्यौटका लागि हिजो मंगलबार गैरसरकारी संस्था महासंघ काठमाडौंको अगुवाइमा १४ नागरिक संस्थाले काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दरराज वैद्यलाई ध्यानाकर्षणपत्र बुझाएका छन्।
काठमाडौंका स्थानीय तहको बेरुजु फछ्र्याैटका सो ध्यानाकर्षणपत्र बुझाइएको हो।महालेखा परीक्षकको कार्यालयले स्थानीय तहमा व्यापक बेरुजुको अवस्था रहेको प्रतिवेदन सार्वजनिक गरेपछि बेरुजु अन्त्यका लागि उक्त संस्थाहरूले ध्यानाकर्षण पत्र बुझाएका हुन्।
पत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले स्थानीय तहको बेरुजुका विषयमा नागरिक संस्थाको चासोका निम्ति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आर्थिक अनुशासन कायम गर्न जिल्ला समन्वय समितिको तर्फबाट काठमाडौं जिल्लाका सबै स्थानीय तहमा बेरुजु फछ्र्यौटका लागि अविलम्ब पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
काठमाडौंमा आव २०७४–०७५ मा कुल बेरुजु ७७ करोड २० लाख ४७ हजार रुपियाँ रहेको, सोमध्ये १४ लाख ८४ लाख ५३ हजार असुल गर्नुपर्ने, ३१ करोड ७६ लाख ८६ हजार नियमित गर्नुपर्ने, ११ करोड ५६ लाख ९६ हजार कागजात पेश गर्नुपर्ने, १९ करोड ११ लाख १२ हजार पेश्की बेरुजुको रूपमा रहेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ।











प्रतिक्रिया