काभ्रे, (नेस)। नेकपा माओवादी विप्लप समूहका नेता एवं रामेछाप जिल्लाका इन्चार्ज यादव ढुंगेल ‘जमिन’ ले मंगलबार विज्ञप्ती जारी गरी पार्टी परित्याग गरेसँगै प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले धुलिखेल ५ स्थित घरमै रहेको बखत ढु·ेललाई पक्राउ गरेको थियो। जिल्ला प्रशासन कार्यालय काभ्रेले ढु·ेललाई ३ हजार धरौटीमा छाड्ने आदेश दिएको छ।
आदेश लगत्तै ढ·ेलले पार्टी परित्याग गरी संविधान पूर्ण रूपमा पालना गर्न प्रतिबद्ध रहेकाले विगतको इतिहास र भूमिकालाई समेत ख्याल गर्दै नेकपा माओवादी विप्लव समूहसँग असहमति राख्दै पार्टी परित्याग गरेको विप्ज्ञप्तीमा उल्लेख गरिएको छ।
२०७६ साल जेष्ठ १ गते सिन्धुली ल्याएसँगै जेष्ठ २ गते ढ·ेललाई सुनसरी जिल्ला कार्यालय धरान पुर्याइएको थियो। धरानमा ढ·ेलविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा दर्ता गरिएको थियो।
सर्वाेच्च अदालतमा परेको रिटमार्फत उनी रिहा भई एक महिनादेखि घरमै बसिरहेको अवस्थामा काभ्रे प्रहरीले उनलाई पुनः पक्राउ गरी मुद्दा चलाएको थियो। घरमा बसे पनि उनले पार्टी परित्याग गरेका थिएनन् तर निश्क्रिय थिए।
‘विप्लव समूहका सबै गतिविधिहरू र पार्टीप्रति नै असहमति राख्दै आजैका मितिदेखि पार्टी परित्याग गरी शान्तिपूर्ण जीवन बिताउन संविधानको पूर्ण पालना गर्नेछु’ –ढुं·ेलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। विज्ञप्तीसँगै ढु·ेलले प्रशासनसमक्ष आत्मसमर्पण गरेका हुन्।











प्रतिक्रिया