कालिकोट, (नेस)। जिल्लाको तिलागुफा नगरपालिका–७ टाकुल्ला ढाडगाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। भीषण पहिरोका कारणले ४ घर पूरै पुरिनुका साथै २४ घरपरिवार विस्थापित भएका छन्।
सोमबार बेलुका आएको बाढी र पहिरोका कारणले २४ घर विस्थापित भएका हुन्। पहिरोका कारणले जोखिममा परेका घरपरिवारको अहिले राहत तथा उद्धारको कार्यममा सशस्त्र प्रहरी बल र नेपाली प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पहिरोका कारणले ४ घर पूरै क्षति पुगेको अन्य २० घर निकै जोखिममा रहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताउनुभयो। ‘सोमबार बेलुका ६ बजेबाट बाढीपहिरो आएको र पहिरो आएको जानकारी पाउनासाथ स्थानीय घर छोडर भागेपछि जोगिन सफल भएका हुन्।
दिउँसो स्थानीय भाग्न सफल भएका सकारणले मानवीय क्षति भएन’ उहाँले भन्नुभयो, ‘धनमालको ठूलो क्षति भएको नगर प्रमुख शाहीको भनाइ रहेको छ।’ बाढी र पहिरोका कारणले बालीगाड लघु जलविद्युत् आयोजना भत्किएको र राजमार्ग अवरुद्ध भएको नगर प्रमुख शाहीले बताउनुभयो।
भीषण पहिरोले दुई हप्तासम्म पनि कर्णाली राजमार्ग खुल्ने सम्भावना छैन। सडक खुलाउन रफ्तारमा लागे पनि दुई हप्तामा खुल्ने सम्भावना रहेको छ। जुम्लाबाट, मुगुदेखि र सुर्खेत नेपालगन्जबाट आउने यात्रुहरू अलपत्र परिरहेका छन्। पहिरोमा भएको क्षतिको एकिन विरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।











प्रतिक्रिया