काठमाडौं, (नेस)। विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदलले दिएको मापदण्डसम्बन्धी सुझावका आधारमा प्राडा. गोविन्द केसीले ऐनमा सुधार गर्न सरकारसमक्ष माग गर्दै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउनुभएको छ।
विगत लामो समयदेखि विश्वविद्यालयलगायत सार्वजनिक संस्थाहरूमा दलीय भागबन्डा नभई योग्यता र वरिष्ठताका ठोस आधारमा नियुक्ति हुनुपर्छ र त्यसका लागि वस्तुगत मापदण्ड बन्नुपर्छ भनेर आफूहरूले माग राखेको विज्ञप्तिमा जनाइएको छ।
यस्तै विभिन्न मेडिकल कलेज, प्रतिष्ठानलाई एमबीबीएसको भर्ना प्रक्रियामा ७ सय ५५ छात्रवृत्तिलगायतका बूदा कार्यान्वयन गरी मात्रै भर्ना प्रक्रिया सुचारू गर्न पुनः स्मरण गराएका छन्।
सम्झौताअनुसार इलाम र पाँचथर, उदयपुर, डोटी र डडेल्धुरालगायत प्रदेश नं. २ र ४ मा पनि सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया तत्काल अघि बढाउन माग गरिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएसलगायतका कार्यक्रम शुरू गर्न ध्यानाकर्षण गरेको छ।











प्रतिक्रिया