नुवाकोट, (नेस)। नुवाकोटको किस्पाङ गाउँपालिकामा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्।
किस्पाङ गाउँपालिका–१ भाल्चेका मंगल घलेका छोरा ९ वर्षीय सरोज घलेलाई स्थानीय सुमवर खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो।
काहुलेमा रहेको होलिभिजन बोर्डिङ स्कूलमा कक्षा २ मा अध्ययनरत बालक घले विद्यालयबाट घर फर्कने क्रममा सोमबार साँझ खोला तर्न लाग्दा बगाएको हो। बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया