धमलालाई अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर अवार्ड

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलालाई अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर अवार्ड प्रदान गरेको छ।
बुल्गेरियाको प्लामोदीप सहरमा सोमबार आइटिएफको २७औं कंग्रेसले धमलालाई अन्तर्राष्ट्रिय अवार्डका साथै पदकबाट सम्मानित गरेको हो। आइटिएफले विभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट ब्यक्तित्वलाई छनोट गरि प्रत्येक दुर्ई–दुई वर्षमा सम्मान गदै आएको छ। यस बर्ष भने नेपालका धमलाले त्यो सफलता पाएको नेपाली टोलीका सदस्य घमबहादुर थापामगरले जानकारी दिएका छन्।
सम्मान ग्रहण गरेपछि धमलाले खुसी ब्यक्त गर्दै यो अवार्ड आफ्नो लागि मात्र नभई समग्र नेपाली खेलकुद विकासको लागि महत्वपूर्ण रहेको बताए। ‘मेरा लागि यो अवार्ड काम गर्न अझै उत्प्रेरित बनाउने माध्यम बनेको छ,’ धमलाले भने,–‘आगामी दिनमा नेपाली आइटिएफलाई अझै विकास गर्नका लागि नयाँ योजना बनाएर अगाडि बढ्नेछु।’
एक समय आइटिएफ तेक्वान्दोका राष्ट्रिय खेलाडी हाल नेपालका अध्यक्ष तथा दक्षिण एसियाली आइटिएफका वरिष्ठ उपाध्यक्षसमेत हुन्। उनी करिब दुई दशकदेखि खेलमा सक्रिय छन्।
वि.सं. २०५४ सालदेखि डब्लुटिएफ तेक्वान्दोबाट आफ्नो खेल करियर आरम्भ गरेका धमलाले पछि आइटिएफ खेलाडी हुँदा त्यसको नेतृत्व समालेका थिए।