ग्रेट हिमालय यूएई प्रस्थान

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। ग्रेट हिमालय क्रिकेट एकेडेमीले योङ टेलेन्ट्स क्रिकेट एकेडेमी (वाईटीसीए) आमन्त्रण कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएको छ।
यसका लागि ग्रेट हिमालय यूएईको अजमान सहरको लागि सोमबार राति प्रस्थान गरेको छ। यही अगस्ट २६ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपाली टोलीले अजमानको अजमान ओभल एमसीसी र अल बटाया मैदानमा खेल्नेछ।

प्रतियोगितामा गे्रेट हिमालयसँगै आयोजक वाईटीसीए, एमएस धोनी क्रिकेट एकेडेमी, भिक्टोरिया क्रिकेट एकेडेमी , किंग्स क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन्।
३० ओभरमा खेलिने प्रतियोगितामा१७ वर्ष मुनिका खेलाडिहरूले सहभागिता जनाउने छन।
युएईको प्रतिष्ठित एकेडेमिहरूको सहभागिता हुने यस प्रतियोगितावाट एकेडेमीले धेरै नयाँ अनुभव बटुल्न सक्ने विश्वास लिएको छ।