यती एयरलाइन्सद्वारा विमानस्थलमा विद्युतीय भ्यानको प्रयोग

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। यती एयरलाइन्सले काठमाडौं विमानस्थल परिसरमा विद्युतीय भ्यानको प्रयोग शुरु गरेर वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।

अमेरिकी वातावरण संरक्षण निकाय (युएसईपीए)को एक शोधका अनुसार एउटा सामान्य यात्रुवाहक सवारी साधनले वार्षिक ४.६ टनका दरमा कार्बनडाइअक्साइड ग्यास उत्सर्जन गर्छ।

यो शुरुवातले सकारात्मक प्रतिक्रिया पाए पेट्रोलबाट चल्ने विद्यमान सबै (२० वटै) भ्यानलाई महिन्द्रा इ–सुप्रो विद्युतीय भ्यानले स्थानान्तरण गर्ने योजना यती एयरलाइन्सको रहेको कम्पनीले जनाएको छ।

‘हामीलाई आशा छ, हाम्रो यो सुरुवातले युएनडीपीले तय गरेकोे दीर्घकालीन विकास लक्ष्यको १३ नम्बरको बुँदालाई पनि प्रवद्र्धन गर्नेछ। नेपाली एयरलाइन्समाझ यती एयरलाइन्सले उदाहरण स्थापित गर्दै विगत लामो समयदेखि राष्ट्रसंघको यो लक्ष्य हासिल गर्न प्रयत्नरत छ।’

यती एयरलाइन्सले विज्ञप्तिमा भनेको छ–‘कार्बन क्रेडिट’ खरिद गरेर आफ्नो हरितगृह ग्यास उत्सर्जनको भपाई गर्दै आएको छ। यो जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संयन्त्र महासन्धी (युएनएफसीसीसी) बाट प्रमाणित उत्सर्जन न्यूनीकरणको उपाय हो।

विगतमा पनि यती एअरलाइन्सले हरियो सुदूर पश्चिम परियोजना रसगरमाथा सफाइ अभियान जस्ता वातावरणीय र सामाजिक अभियान सञ्चालन गर्दै आएको छ।

यती एअरलाइन्सका कार्यकारी निर्देशक चन्दा शेर्पा र युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागांगोडा लेबले विद्युतीय भ्यान प्रयोगको शुभारम्भ गर्नु भएको हो।