भद्रपुर, (नेस)।नजिकिएको हरितालिका तीज पर्वको अवसरमा सामुदायिक प्रहरी सेवाकेन्द्र भद्रपुरले नगर क्षेत्रका ६० जना एकल महिलालाई साडीसहित नगद वितरण गरेको छ।
भद्रपुर नगरपालिका कार्यालयमा सोमबार आयोजित कार्यक्रममा झापा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष स्वर्गीय ओमप्रकाश गोयलको स्मृतिमा गोयल परिवारले उपलब्ध गराएको साडी र नगद ५ सय प्रत्येक एकल महिलालाई वितरण गरिएको हो।
सामुदायिक प्रहरी सेवा केन्द्रले नगरका १० वटै वडाका एकल महिलालाई छनोट गरी साडी र नगद वितरण गरेका थिए।
केन्द्रका अध्यक्ष शिला खड्काको अध्यक्षता तथा नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा झापा उद्योग सङ्घका अध्यक्ष टीकाराज ढकाल, झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरु (राजु), समाजसेवी तथा दाता दिनबन्धु गोयल, भद्रपुर गौशालाका अध्यक्ष राजेन्द्र चापागाईं, पूर्व सांसद् पुष्पराज पोखरेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।











प्रतिक्रिया