मंसिर १४ को चुनावबाट एक वडाध्यक्ष निर्वाचित हुने

0
Shares

गुल्मी, (नेस) । गुल्मीमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा एक वडाध्यक्षको पदमा निर्वाचन हुने भएको छ। जिल्लाको रुरु गाउँपालिका–६ को रिमुवामा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो।

उक्त वडाका अध्यक्ष पूर्णबहादुर रेगामीकोे निधन भएपछि वडाध्यक्ष पद रिक्त भएको थियो। २०७४ को प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको मतदाता विवरणअनुसार उक्त वडामा कुल १ हजार ९ सय ६७ मतदाता रहेका थिए।

अन्तिम नामावली भने अझै प्रकाशन नभएकोले उक्त संख्यामा थपघट हुन सक्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख पोखरेलले बताउनुभयो।