ट्रिपरको ठक्करबाट मृत्यु

0
Shares

काठमाडौं, (नेस)। सिनामंगलमा बा२ख ४३१७ नम्बरको ट्रिपरले बा३८प २३९३ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक पछाडा भोटेको घटनास्थलमै मृत्यु भएको छ।

साथै सोही ट्रिपरले बा८५प ५६९ नम्बर र ना४३ प ८७३५ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो।

ट्रिपरको ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनामध्ये २ जनालाई केएमसी अस्पताल सिनामंगल र १ जनालाई ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ।