इन्डोनेसियामा बन्धक चार नेपालीको उद्धार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।अस्ट्रेलियामा राम्रो कमाइ हुने सपना बाँडी इन्डोनेसिया पुर्याएर ४ जना नेपालीलाई बन्धक बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
भारतीय मूलका अस्ट्रेलियन नागरिकसँग मिलेर नेपालबाट मलेसिया हुँदै इन्डोनेसिया पुर्याएर ती ४ जनालाई बन्धक बनाएको खबर सार्वजनिक भएपछि प्रहरीले मलेसियास्थित नेपाली दूतावासमार्फत इन्डोनेसियामा रहेका नेपालीको सहयोगमा उनीहरूलाई उद्धार गरी नेपाल पठाएपछि प्रहरीले अभियुक्तमध्ये २ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।

प्रहरीले इन्डोनेसियाबाट नेपाल फर्केका शिव शर्मा र अस्मिरा चौलागार्इंलाई विमानस्थलबाट पक्राउ गरेपछि अन्य अभियुक्तहरू पनि पक्राउ परेको मानव बेचबिखनविरुद्ध अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो।

पक्राउ परेका शर्मा र चौलागाईं शुरूमा रोजगारीका लागि अस्ट्रेलिया जान पटकपटक प्रयास गर्दा असफल भएपछि उनीहरू आफै उक्त धन्दामा लागेको एसपी थपलियाले जानकारी दिनुभयो।

 

गिरोहका नाइके डोलेन्द्र कार्कीले नेपालबाट अस्ट्रेलिया जाने मानिस संकलन गर्ने मलेसिया हुँदै इन्डोनेसिया पठाउने र त्यहाँबाट अस्ट्रेलिया लैजाने भन्दै रकम असुल गरेर बन्धक बनाउने काम गरेको प्रहरीले जानकारी दिएको छ।

 

प्रहरीले उनीहरूसँगै भारतीय मूलका इन्डोनेसियन नागरिक परषोत्तम लाल, नेपाली नागरिक शशिकुमार तामाङ, डोलेन्द्र कार्की र अर्जुन कार्की रहेका छन्। सो गिरोहका नाइके डोलेन्द्र कार्कीले नेपालबाट अस्ट्रेलिया जाने मानिस संकलन गर्ने मलेसिया हुँदै इन्डोनेसिया पठाउने र त्यहाँबाट अस्ट्रेलिया लैजाने भन्दै रकम असुल गरेर बन्धक बनाउने काम गरेको प्रहरीले जानकारी दिएको छ।

राम्रो काम पाइने आशमा सो गिरोहको फन्दामा म्याग्दीकी मुना खत्री, भक्तपुरका विजय लामा, सिन्धुलीकी अमृता बराल, झापाका गणेशप्रसाद तिमिल्सिना रहेका छन्।
उनीहरूले मुना खत्रीसँग ८ लाख, अमृता बरालसँग १५ लाख, विजय लामासँग १५ लाख र गणेशप्रसाद रिजालसँग २६ लाख रुपियाँ उठाएका थिए।

भारतीय नागरिक परषोत्तम लाल, शिव शर्मा र अस्मिरा चौलागार्इं इन्डोनेसियामा बसेर अस्ट्रेलिया लैजाने भन्दै पीडितहरूलाई लामो समयसम्म एउटा कोठामा बन्धक बनाएर राखेका थिए।

पीडितमध्ये रिजालले आफूहरू इन्डोनेसियामा बन्धक अवस्थामा रहेको जानकारी आफन्तलाई गराएपछि आफन्तले मलेसियास्थित नेपाली दूतावासमार्फत बन्धक बनाएकालाई उद्धार गरिदिन आग्रह गरेपछि दूतावासले इन्डोनेसियामा रहेका नेपाली र त्यहाँको प्रहरीको सहयोगमा पीडित र पीडकलाई नेपाल फर्काउन सफल भएको एसपी थपलियाले जानकारी दिनुभयो।

इन्डोनेसियामा रहेका शर्माले अस्मिरासँग कुरा गर्न लगाउने र अस्मिराले आफू अहिले सोही प्रक्रियाबाट अस्ट्रेलिया आएर राम्रो काम गरिरहेको भन्दै पीडितहरूलाई फकाउने काम गरेको प्रहरीले जानकारी दिएको छ।

बन्धक अवस्थामा रहेका उनीहरूले नेपालमा फोन गर्दै थप पैसा मगाएर शर्मा र लाललाई दिने र उक्त पैसाले शर्मा, लाल र चौलागाईं मिलेर लामो समयसम्म इन्डोनेसियामा नै मोजमस्ती गर्दै आएका थिए।

नेपालमा बसेर काम गर्ने डोलेन्द्र कार्कीले अन्य सहयोगीलाई मान्छे खोज्न लगाउने र उनीहरूलाई कमिसन दिने गरेको पनि प्रहरीले जानकारी दिएको छ। उनीहरूविरुद्ध मानव बेचबिखनविरुद्धको अभियोगमा कारबाही अगाडि बढाउने प्रहरीले जानकारी दिएको छ।