काठमाडौं, (नेस) ।राप्रपा (संयुक्त)ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन परिचालन समिति गठन गरेको छ। उच्च कार्यसम्पादन समिति सदस्य धु्रवबहादुर प्रधानको संयोजकत्वमा गठित ९ सदस्यीय निर्वाचन समितिले संघीय, प्रदेश र स्थानीय तहका उपनिर्वाचनका लागि आवश्यक तयारी गर्नेछ।
पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले जनाएअनुसार निर्वाचन परिचालन समितिले विभिन्न क्षेत्रका वस्तुगत अवस्था अध्ययन गरेर रणनीतिक कार्ययोजना तय गर्नेछ।
ठाकुरप्रसाद शर्मा, श्याम तिमिल्सिना, भरतजंग उप्रेती, बाबुराम बस्नेत, भरत पाठक, झलक प्याकुरेल र मीना शाहीलाई निर्वाचन परिचालन समितिको सदस्यको जिम्मेवारी दिइएको छ भने रामशरण पाठकलाई सदस्य सविचको भूमिकामा राखिएको छ।
यसैगरी राप्रपा (संयुक्त) सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन (संयुक्त) गठन गरिएको छ। केन्द्रीय कार्य सम्पादन समिति सदस्य ध्रुव रायमाझीको संयोजकत्वमा गठित १३ सदस्यीय समिति किसानको हक, हित, अधिकार, सेवा, सुविधा र सहुलियतमा केन्द्रित रहनेछ।
इनु अधिकारी, तेज खरेल, बलबहादुर केसी, विष्णुप्रसाद पोखरेल, राजेश्वर राय यादव, रामआशिष पाण्डे, कृष्णविक्रम शाह, मातृका भुसाल, वसन्त अधिकारी, नवराज सिलवाल, नारायणबहादुर राउत, सुवास पण्डितलाई किसान संगठनको सदस्यको जिम्मेवारी दिइएको छ।











प्रतिक्रिया