सर्लाही, (नेस)। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार संविधानको मर्म र भावनाअनुसार चल्न नसकेको बताउनुभएको छ।
सोमबार लालबन्दीमा नेपाल राष्ट्रिय मगर संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका निधिले वर्तमान सरकारले संघीयतालाई आत्मसात गरेर चल्न नसकेको आरोप लगाउनुभयो।
कम्युनिस्टहरू विधि र प्रक्रियाभन्दा बलमिच्याँइको भरमा चल्ने भएकाले अहिलेको सरकारको डायरीमा संघीयता भन्ने शब्द नरहेको उहाँको भनाइ छ।
नेपाली कांग्रेसले अब चाँडै राज्य सञ्चालनको बाघडोर समाल्ने दाबी गर्नुभयो। संघीयतालाई संस्थागत गर्न र प्राप्त उपलब्धिलाई जोगाउन सवै नेता तथा कार्यकर्ता एक भएर वर्तमान सरकारले गरेको जनविरोधी कामको विरोध गर्न समेत उहाँले नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो।











प्रतिक्रिया