काठमाडौं, (नेस)। गोर्खा ब्रुअरी कम्पनीको करसम्बन्धी मुद्दा हेर्दा क्षेत्राधिकार मिचेको विषयमा छानविन गर्न गठित समितिले थप समय मागेको छ। यसअघि दिइएको समय अपुग भएकाले समितिले थप १५ दिन माग गरेको हो
। न्याय परिषद्का सूचना अधिकारी टेकनाथ गौतमका अनुसार यसअघि समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको थियो। ‘म्याद थप्नुपर्ने माग आएको छ। परिषद्को बैठक बसेलगत्तै सम्भवतः म्याद थपको निर्णय हुनेछ’, उहाँले बताउनुभयो।
गत साउन १२ गते बसेको परिषद्को बैठकले सर्बाेच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। समितिले विवादमा तानिएका उच्च अदालत पोखराका तीन न्यायाधीशसँग बयान लिई छानविन गरिरहेको छ।
यसैक्रममा न्यायाधीशद्वय जीवनहरि अधिकारी र रामचन्द्र यादवले राजीनामा दिइसक्नुभएको छ। उक्त विवादमा अर्का न्यायाधीश नरबहादुर शाहीसमेत तानिनुभएको छ।
यसअघि पनि उक्त कम्पनीको करसम्बन्धी मुद्दा हेर्दा क्षेत्राधिकार मिचेको भन्दै सर्वोच्च अदालतले सोही न्यायाधीशमाथि छानबिन र कारबाही सिफारिस गरेको थियो।











प्रतिक्रिया