राष्ट्रिय परिचयपत्र नै वास्तविक पहिचान हुने: सरोकारवाला

0
Shares

राजेन्द्र गजुरेल, नुवाकोट। सरकारले हरेक नेपाली नागरिकलाई वितरण गरिरहेको राष्ट्रिय परिचयपत्र नै वास्तविक पहिचान हुने सरोकारवालाले बताएका छन्। जिल्ला प्रशासन कार्यालय नुवाकोटमा सोमबार भएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धि अन्र्तक्रिया तथा अभिमुखीकरण कार्यक्रममा जिल्लाका सरोकारवाला व्यक्तिले नागरिकता भन्दा पनि परिचयपत्र नै प्रभावकारी हुने बताएका हुन्।

गृह मन्त्रालयअन्र्तगतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले आयोजना गरेको उक्त अन्र्तक्रिया तथा अभिमुखीकरण कार्यक्रममा उपस्थित जनप्रतिनिधिले राष्ट्रिय परिचयपत्र आम नागरिकलाई अति नै महत्वपूर्ण हुने बताएका थिए।

सरकारले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सुचना प्रणालीको माध्यमबाट गुणस्तरीय सार्वजनिक सेवा तथा शान्ति, सुरक्षा र सुशासन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पहिलो चरणमा देशभर कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

सरकारको आर्थिक वर्ष २०६६/०६७ को वार्षिक नीति तथा कार्यक्रम र बजेटको वक्तव्यमा ‘सबै नेपाली नागरीकलाई राष्ट्रिय परिचयपत्रको रूपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गर्ने व्यवस्था गर्न लागेको छ।

सरकारले २०६७ साल असार १६ गते गृह मन्त्रालयअन्र्तगत विभाग तयार गरी कार्य गरीएको कार्यक्रम निर्देशक चोमेन्द्र न्यौपानेले बताउनुभयो। उहाँको अनुसार सम्पूर्ण परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्याङक तयार गरी सुरक्षित भण्डार व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने र सो तथ्याङकको आधारमा राष्ट्रिय परिचय नंम्बरसहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भई २०६७ साउन १ गतेबाट देशव्यापी रूपमा सञ्चाल भएको हो।

‘पछिल्लो समय हरेक क्षेत्रमा वास्तविकता पाउँन नसकी राखेको अवस्थामा परिचयपत्रले त्यसमा महत्वपूर्ण भूमिका खेल्ने विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले बताउनुभयो।’ मेयर पण्डितका अनुसार जन विस्वासमा वृद्धि गर्नका साथै एउटै नागरिकले दुई/तीन वटा नागरिकता बनाएको पाइएकोमा परिचय पत्रको व्यवस्थाले त्यस्ता कार्यको अन्त्य हुने छ।

त्यस्तै जिल्ला समन्वय समितिकाका प्रमुख सन्तमान तामाङले ‘सरकारले ल्याएको यस्तो सकारात्मक कार्यमा सबै एक भएर लाग्नुपर्ने र सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी पनि सक्रियताका साथ लाग्नुपर्ने बताउनुभयो।’

साथै प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले ‘नागरिकतामा हुनेगरेको अनियमितताको न्यूनिकरण गर्ने अवसर आएको र सो अवसरको सदुपयोग गर्ने हो भने नयाँ कार्यको शुरुआत गर्न सकिने बताउनुभयो।’ नुवाकोटमा आगामी फागुनबाट राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु गरिने प्रजिअ पोखरेलले बताउनुभयो