काठमाडौं, (नेस)। विभिन्न सेवाका ७६ जना सहसचिव प्रदेशमा खटाइएका छन्। प्रशासनका ५०, वनका १०, इन्जिनियरिङका ९ र कृषि सेवाका ७ सहसचिवलाई प्रदेश खटाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
निवृत्तिभरणका लागि ६ महिना मात्रै बाँकी र बढुवा प्रक्रियामा रहेकालाई प्रदेशमा खटाइएको छैन। मन्त्रालयका प्रवक्ता भुपाल बरालका अनुसार गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई खटाएको हो।
संघीयतापछि एकैपटक यति ठूलो संख्यामा सहसचिव पहिलोपटक प्रदेशमा पठाइएको हो। प्रदेशमा कार्यरत केही सहसचिवलाई भने केन्द्र सरकारका मन्त्रालयमा सरुवा गरिएको छ।











प्रतिक्रिया