मलेसियाले नेपाललाई १-० गोलले हरायो

0
Shares

काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टिम सोमबार मलेसियाको फुटबल लिग च्याम्पियन जोहर दारुल ताुजिम एफसीविरुद्धको मैत्रीपूर्ण खेलमा हारेकाे छ।जोहर शहरको पसार गुन्डाङ रंगशालामा भएको खेलमा नेपाल १-० गोलले हारेकाे हाे ।

नेपालले फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताको तयारीका लागि जोहरविरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो।

नेपालविरुद्ध जोहरले खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो। सुमन अर्यालले फल गरेपछि पाएको फ्रिकिकमा जोहारका निकोलासले गोल गरेका थिए। त्यसपछि नेपालले गोल गर्ने प्रयास गरे पनि फिनिसिङमा चुकेको थियो।

खेलमा सुजल श्रेष्ठले राष्ट्रिय फुटबल टिमको पहिलो पटक कप्तानको जिम्मेवारी निर्वाह गरेका थिए। टिममा नियमित कप्तान विराज महर्जनले फिटनेसका कारण स्थान बनाउन सकेनन। गोलकिपर किरण चेमजोङ र रोहित चन्द नभएकाले नयाँ कप्तानको राखिएको थियो ।

नेपाल विश्वकप छनोटका लागि अब कुवेत प्रस्थान गर्नेछ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा छ।

भदौ १९ कुवेत र भदौ २४ गते नेपालले चाइनिज ताइपेईसँग उनीहरुकै घरेलु मैदानमा खेल्नेछ। यस्तै नेपालले क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध अस्ट्रेलियासँग खेल्नेछ।