काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सोमबार पहिलोपटक भिडिओ कन्फेरेन्स प्रविधिबाट मन्त्रिपरिषद् बैठक सफलताका साथ सम्पन्न भएको बताएका छन् ।
उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली भिडिओ कन्फेरेन्समार्फत सोमबार बसेको मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई मन्त्रालयगत रूपमा उठेका विषयमा आवश्यक निर्देशन दिएका हुन ।
‘केही मन्त्रीले मन्त्रालयगत कुराहरू राखेकोमा प्रधानमन्त्रीले पनि आवश्यक निर्देशन दिएको बताइएको छ ।
मन्त्रीहरूले प्रधानमन्त्रीसँग स्वास्थ्य अवस्थाबारेमा पनि सोधेका थिए।
‘मन्त्रीहरूले प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना गर्नुभयो,’ उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यमा सुधार आएको जानकारी गराउनु भयो ।’
साथै प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यबारे चिन्ता, सरोकार र चासो राख्ने जनसमुदायलाई धन्यवाद दिएको उनले बताए । प्रधानमन्त्रीको उपचार भइरहेको पनि बताए ।











प्रतिक्रिया