छिट्टै शिक्षा नीतिसम्बन्धी ऐन बनाउदै सरकार

0
Shares

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार संघीय शिक्षा ऐन निर्माणको तयारीमा जुटेको बताएका छन्।

सोमबार आज बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाको प्रश्नको जवाफ दिदैँ मन्त्री पोखरेलले ‘शिक्षा नीति जारी गरेर ऐन बनाउने गृहकार्यमा सरकार लागेको बताए ।

सांसद थापाले संविधानले नै स्थानीय तहलाई माध्यमिक तहसम्मको शिक्षाको अधिकार सूचीकृत गरेको बताउँदै शिक्षा ऐन नबनाई शिक्षाको व्यवस्थापन जिम्मेवारी एकाइलाई दिएको बताएका छन।

‘शिक्षासँग सम्बन्धित विभिन्न निर्देशन स्थानीय तहलाई किन दिइएको हो थापाले भनेका छन त्यस्तै

शिक्षा नीति बने पनि प्रधानमन्त्री र शिक्षामन्त्रीबीच कुरो नमिल्दा यस्तो अवस्था आएको थापाको आरोप छ।