श्रीलंका । विश्व टेस्ट च्याम्पियनिसपअन्तर्गत न्यूजिल्याण्डले श्रीलंकाविरुद्धको सिरिज ‘ड्र’भएकाे छ । पहिलो टेस्ट खेलमा ६ विकेटले विजयी भएको घरेलु टोली श्रीलंका दोस्रो टेस्ट खेलमा भने ठूलो हार ब्योेहोरेको हाे ।
टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले पहिलो खेलमा २४४ रन बनाएको थियो । पहिलो खेलमा ६ विकेटको नोक्सानीमा ४३१ रन बनाएर खेल समाप्त गरेको न्यूजिल्याण्डले दोस्रो खेलमा ब्याटिङ नै गर्नु परेन ।
दोस्रो खेलमा श्रीलंका १२२ रनमा समेटिएपछि न्यूजिल्याण्ड एक इनिङ्स र ६५ रनले विजयी भयो । न्यूजिल्याण्डलाई जिताउन ट्रेन्ट बोल्ट, टिम साउथी, अजाज पटेल र विलियम सोमरभिलले समान २-२ विकेट लिन सफल भएका हुन ।
श्रीलंकाका ओपनिङ जोडीले खाता नै खोल्न सकेनन् भने निरोशन डिकवालाले सर्वाधिक ५१ रन बनाएका छन । दिमुथ करुणारत्नेले २१ तथा कुशल मेन्डिसले २० रन बनाएका थिए ।











प्रतिक्रिया