२५ हजार घुससहित लेखापाल पक्राउ

0
Shares

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्याल बाराका लेखापाललाई घुससहित पक्राउ गरेको छ ।

आयोगको हेटौंडा कार्यालयबाट खटेको टोलीले जिल्ला प्रशासन कार्यालयका लेखापाल जयदेव सिंह थारुलाई पक्राउ गरेको छ । सिंहलाई कलैया भरत चोकमा रहेकाे भान्सा घर होटलबाट २५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

फेंटा गाउँपालिकामा कार्यरत रहेको बेला योजनाको रकम भुक्तानी दिएका लेखापाल सिंहले कमिसनबापत सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ । सिंह गएको भाद्र ३ गते फेंटा गाउँपालिकाबाट सरुवा भइ जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका थिए ।

सेवाग्राहीलाई घुस रकमको लागि लेखापाल सिंहले पटकपटक दबाव दिइरहेका थिए । पक्राउ परेका सिंहलाई थप कारबाहीको लागि काठमाण्डौ पठाइने आयोगले जनाएको छ ।