कार्ल मार्क्सबारे ७ रोचक तथ्य



कार्ल मार्क्स एक जर्मन दार्शनिक, अर्थशास्त्री, इतिहासकार, समाजशास्त्री, राजनीतिक सिद्धान्तवादी, पत्रकार र समाजवादी क्रान्तिकारी थिए । उनका सबैभन्दा प्रसिद्ध शीर्षकहरू १८४८ पर्चा, कम्युनिष्ट घोषणापत्र, र तीन खण्ड दास कपिताल हुन् ।

उनको राजनीतिक र दार्शनिक चिन्तनले जर्मनको बौद्धिक, आर्थिक र राजनीतिक इतिहासमा ठूलो प्रभाव पारेको थियो । मार्क्स एक साम्यवादी थिए । आफ्नो राजनीतिक प्रकाशनका कारण मार्क्स राज्यविहीन बने र दशकौंदेखि लन्डनमा आफ्नी श्रीमती र बच्चाहरूसँग निर्वासनमा बसोबास गरे, जहाँ उनले जर्मन चिन्तक फ्रेडरिक एंगेल्ससँग मिलेर आफ्नो विचार विकास गर्न जारी राखे र उनका लेखहरू प्रकाशित गरे । उनकै विचारबाट प्रभावित भएर विश्वमा ठूला ठूला साम्यवादी संघर्ष भए ।

मानव समाजमा आमूल परिवर्तन ल्याउनु नै उनको ठूलो सोच थियो । र यसैमा उनले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । अर्थशास्त्रमा उनको कामले श्रमको वर्तमान समझ र पूँजीसँगको सम्बन्ध र त्यसपछिको आर्थिक चिन्ताको आधार बनायो । मार्क्सको कामले धेरै विचारविद्हरू, मजदुर युनियनहरू, कलाकारहरू र राजनीतिक दलहरू विश्वव्यापी रूपमा प्रभावित भएका छन् ।

१. मार्क्सको पहिलो खोज भनेको पुँजीवादी व्यवस्थाअन्तर्गत मजदुरको सिद्धान्त हो । त्यसमा पनि पहिलो कुरा भनेको उत्पादन हो, जो पुँजीपति वर्गको हातमा छ ।दोस्रो भनेको उत्पादन प्रक्रिया हो, जो पुँजीपति वर्गको स्वार्थमा चलाइन्छ । तेस्रो भनेको मजदुर हो, जो दिनरात अरुका लागि खटिन्छ र आफैंमा ठगिएको छ । श्रमशोषण यहीबाट शुरु भएको छ ।

२. उनको दोस्रो एंवम महत्त्वपूर्ण खोज भनेको ऐतिहासिक भौतिकवादको व्याख्या हो । यो मानव समाजको समग्र इतिहासको वस्तुवादी व्याख्या हो । उनले यसमा मानव समाजको वस्तुगत चरणको व्याख्या गरेका छन् । जस्तैः दास युग, सामन्ती युग, आदिम साम्यवाद, समाजवादी युग र साम्यवादी युग, पुँजीवादी युग । यो मार्क्सले भनेझैं वर्तमानको व्याख्या र त्यसमा ल्याउनुपर्ने आमूल परिवर्तन वा ससमाजवादी परिवर्तनको सिद्धान्त प्रतिपादन हो ।

३. उनको तेस्रो महत्त्वपूर्ण खोज हो समाज परिवर्तनको उपाय, विधि र प्रक्रिया । यो वर्ग संघर्षको खोज हो । यसबारेको अध्ययनमा उनी समाजको चरित्र वर्गीय हुने निचोडमा पुगे ।

उनले समकालीन समाजमा हुने विपरीत वर्गका बीचमा निरन्तर संघर्ष चलिरहने बताएका छन् । आदिम साम्यवादमा कुनै पनि वर्गीय अन्तरविरोध नभएको उनको व्याख्यामा थिएन । समाज विकासको दोस्रो चरणमा आइपुग्दासम्म दासयुग सुरु भयो । त्यसपछि दास र मालिकबीच वर्ग संघर्ष व्यक्त र अव्यक्त रुपमा चल्दै गयो । यती हुँदा पनि समाजमा आमूल परिवर्तन आएन । त्यसको साटोमा बरु समाजको रुपान्तरण सामन्ती युगमा भयो । भूमिपति र भूदासबीच वर्गसंघर्ष चल्यो । त्यसले समाजलाई त्यही अवस्थामा रहन नदिई पुँजीवादी युगमा रुपान्तरण गर्‍यो ।

त्यसपछि अहिले हामी बाँचिरहेको पुँजीवादी युग आयो । यसमा ठूला ठूला पुँजीपति र मजदुर वर्गका बीचमा अहिले वर्ग संघर्ष चलिरहेको छ । यस्तै, मार्क्सका अनुसार समाजवादी समाजमा पनि वर्ग रहने भएकाले त्यहाँ वर्ग संघर्ष निरन्तर चलिरहन्छ । उाले वर्गको अन्त्य सँगसँगै राज्यको पनि विलोपीकरण गरिने भएकाले साम्यवादमा भने वर्ग संघर्ष हराएर जान्छ भनेका छन् ।

४. यस्तै उनको चौथो खोज भनेको कम्युनिस्ट घोषणा पत्र हो । अहिलेसम्मको मार्क्सकौ सबै खोजको संश्लेषण कम्युनिस्ट घोषणा पत्र हो । यो वर्ग संघर्षको संश्लेषित दस्तावेज हो । यसमा मार्क्सले अध्ययन गरेका, खोजेका, अनुसन्धान गरेका र लेखेका सबै कृतिको सार छ । यो मार्क्स–एंगेल्सको अथक प्रयासको परिणति पनि हो । यो अहिले सम्मकै मानवले निर्माण गरेको सर्वोत्कृष्ट पाण्डुलिपि पनि हो । मार्क्सको निन्दा गर्ने वर्ग दुस्मनहरुले पनि यसको सराहना गर्छन् ।

५. उनको पाँचौं खोज भनेको दास क्यापिटल (पुँजी) नामक कृति हो । उक्त कृतिमा समकालीन समाजको यति सटिक व्याख्या गरिएको छ कि त्यो आफैंमा अकाट्य र सर्वस्वीकार्य छ । यसमा मार्क्सले पुँजी निर्माणदेखि शोषणका अनेक रुप र समाजवाद तथा साम्यवादका आर्थिक आधार तथा धरातलको सपाट व्याख्या गरेका छन् ।यसमा उनले श्रम के हो र पुँजीसँग यसको सम्बन्ध के र कस्तो रहन्छ भन्ने ठूलो भ्रम हटाएका छन् ।

६. छैटौं उपलब्धि भनेको मार्क्स आफैं पहिलो अन्तर्राष्ट्रिय नेतृत्वकर्ता थिए । उनले पहिलो इन्टरनेसनललाई साम्यवाद प्रचारको साधन बनाएका थिए ।उनको विचारमा दोस्रो इन्टरनेसनल संगठन निर्माणको र तेस्रो इन्टरनेसनल संघर्षको नेतृत्वकर्ताको भूमिकामा हुनुपर्थ्यो । उनी त्यतिबेला अराजकतावादी मिखाइल बाकुनिनविरुद्ध वैचारिक लडाइँमा थिए ।

७. माक्र्सको सातौं खोज भनेको उनी आफैंमा आधुनिक समाजशास्त्रका जन्मदाता हुन् ।

प्रतिक्रिया दिनुहोस्