जैविक विविधताको भण्डार : लाङटाङ राष्ट्रिय निकुन्ज


सरस्वति न्यौपाने । नेपालको संघिय राजधानी काठमाण्डौ सबभन्दा नजिकैको हिमाली राष्ट्रिय निकुन्जमा अवलोकन गरी बाध्य पर्यटनमा टेवा पुर्याउन सकिन्छ ।

पदयात्राको लागी सगरमाथा राष्ट्रिय निकुन्ज र अन्नपुर्ण संरक्षण क्षेत्र पछिको तेस्रो गन्तव्य स्थलको रुपमा परिचित रहेको र लाङटाङ हिमालको नामबाट राखिएको यस निकुन्ज नेपालको पहिलो हिमाली राष्ट्रिय निकुन्ज हो । निकुन्जको प्रभावित क्षेत्रलाई समेटेर वि.स. २०५५ साल बैशाख १४ गते ४१८.३० वर्ग कि.मि. निकुन्जको मध्इवर्ति क्षेत्र घोषणा भएको हो । निकुन्ज क्षेत्रमा हुने वन पैदावारको चापलाई न्युनिकरण गर्न र निकुन्जको मध्यवर्ति क्षेत्रमा रहेको प्रँकृतिक स्रोतहरुको उचित व्यवस्थापनका लागी निकुन्ज अन्तरगत २१ वटा मध्यवर्ति क्षेत्र उपभोक्ता समिति र १९१ वटा मध्यवर्ति क्षेत्र उपभोक्ता समुह नुवाकोट, रसुवा र सिन्धुपाल्चोक गरी तिन जिल्लाका १० वटा गाउँपालिकामा गठन भएका छन ।

स्थानिय तहको निर्वाचन पश्चात साविक ३४ वटा गाउँपालिका समितिमा फैलिएको निकुन्जको मध्यवर्ति क्षेत्र हाल रसुवा जिल्लाका चार वटा नुवाकोटको ३ र सिन्धुपाल्चोक जिल्लाको तिन गाउँपालिकामा गरी १० वटा गाउँपालिकामा पर्दछन । समुन्द्री सतहदेखि एक हजार मिटर देखि सात हजार दुई सय ४५ मिटर देखि सात हजार र दुई सय ४५ मिटर सम्म फैलिएको यस निकुन्ज जैविक विविधताको भण्डार मानिन्छ वन क्षेत्र घाँसे मैदान क्षेत्र झाडी बुट्यान क्षेत्र तथा सिमसार क्षेत्र यस निकुन्जका मुख्य भु—उपयोग हुन् ।

साल, खोटे सल्ला, कटुस, गोब्रेसल्ला, धुपी सल्ला, खोखर, भोजपत्र, गुरास लगायत एक हजार प्रजातिका वनस्पतिहरु र रेडपाण्डा, कस्तुरी मृग हिउ चितुवा, ह्वासो, ब्वासो, साल कचरी बाघ, आसामी रातो बादर लंगुर बादर, थार, घोरल, हिमाली कालो भालु जस्ता दुर्लभ तथा महत्वपुर्ण वन्यजन्तुहरु समेत यस निकुन्जमा पाइन्छन । लामटाङ उपत्यका क्यान्जीङ उपत्यका गोसाईकुण्ड र यसका ताल श्रृङखला, दोर्जे लाम्पापास, मेलम्ची घ्याङ, हेलम्बु तार्के घ्याङ, ह्योल्मो आमा याङग्री, शेर्माथाङ घ्याङ फेदी, पाँचपोखरी आदी यस निकुन्जका प्रम्ुख पर्यटकीय आकर्षणका स्थानहरु हुन ।

समुन्द्री सतहबाट ४३८० मिटरको उचाईमा अवस्थित गोसाईकुण्ड तथा यसका ताल श्रृंङखलाहरु समेटेर सेप्टेम्बर २३ सन् २००७ मा अन्तराष्ट्रिय महत्वको रामसारमा सुचिकृत भएको छ । यस क्षेत्रमा रहेका धार्मिक सांस्कृतिक तथा सामाजिक सम्पदाहरुले निकुन्ज लाई उचाईमा पुर्याएको छ ।

१) निकुन्जको उद्देश्य

मानव वन्यजन्तु विच सह अस्तीत्व कायम गर्दै स्थानिय जनताको जीविको पार्जनमा टेवा पु¥याई हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तुको वासस्थान संरक्षण तथा व्यवस्थापन संरक्षण गर्दे पर्यटन प्रवद्र्धनमा टेवा पुराई यस क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिको संरक्षण गर्ने रहेको छ ।

२) निकुन्जका अवसरहरु

नेपाल घुम्न आउने पर्यटकलाई लाङटाङ राष्ट्रिय निकुन्ज एउटा राम्रो गन्तव्य स्थाल हो । यस क्षेत्रमा रहेको दुर्लभ तथा महत्वपुर्ण वनस्पति तथा वन्यजन्तहरुको अवलोकन गर्न हजारौको संख्यामा आउने पर्यटकहरुलाई अथाह पर्यकीय अकार्षकको केन्द्र लाई भर पुर उपयोग गरी स्थानिय तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सकिन्छ ।

३) चुनौतिहरु

कार्यबोझको तुलनामा आवश्यक कर्मचारी दरवन्दी स्वीकृत भए पनि पदपुर्ति भइन सक्दा निकुन्ज तथ मध्येवर्ति क्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्यमा चुनौती रहेको छ । खासगरी सिनियर गेमस्काउट प्राविधिक काम र सरोकारवाला निकायहरु संग समन्वय गर्न असहज भएको छ । भुकम्प पश्चात भत्किएका । निकुन्ज पोष्टहरुको समयमै पुन ः निर्माण हुन नसक्नु भौगोलिक विकटता, अवैधानिक रुपमा निर्माण भएका विकासका पुर्वाधारहरु वनपैदावारको अबैध संकलन तथा ओसार पसार वन्यजन्तुको चोरी शिकार तथा तिनका अङग को अवैध ओसार पसार सुखा मौसममा हुने आगलाी फोहोर मैलाको उचित व्यवस्थापन हुने नसक्ुन खर्कहरुमा अनियन्त्रित तरिकाले चरिचण तथ अव्यवस्थीत गोठ राख्नु काठ दाउरा/ ढुङगा बालुवाको अत्याधिक मंगर हुन तथा स्थानिय नजता वन्यजन्तु विच समय समयमा उत्पन्न हुने द्धन्द्ध यस निकुन्जका मुख्य चुनौतिका रुपमा रहेका छन ।

यस निकुन्जको साझेदारी भएर काम गर्ने संस्थाहरु मध्यवर्ती क्षेत्र उपभोग समिति उपभोक्ता समुहरु, मध्यवर्ति सामुदायिक वन उपभोक्ता समुह खर्क व्यवस्थापन समुहमा आधारित चोरी शिकार नियन्त्रण समुह हिउँ चितुवा को मध्ययवर्ती क्षेमा सन्चालित उद्योगहरु हिमालयन स्प्रिङवाटर, चिज उत्पादन केन्द्र रहेको छ ।

प्रमुख संरक्षण अधिकृत सुस्मा रानाका अनुसार २०३२ साल चैत ९ गते स्थापना भएको यस निकुन्ज क्षेत्रफलका आधारमा नेपालकै दोस्रो ठुलो राष्ट्रिय निकुन्ज हो । भौगोलिक विकटता अबैधानिक रुपमा निर्माण भएका विकासका पुर्वाधारहरु वन पैदावारको अवैध संकलन तथा ओसार पसार लागयतका जैविक विविधताको संरक्षण गर्नु निकुन्जको मुल उद्धेश्य रहेको बताइन ।