विद्यालयमा राधाकृष्ण प्रतियोगिता

0
Shares

हेटौंडा, (नेस) । सांस्कृतिक जगेर्नाको उद्देश्यसहित हेटौंडा उपमहानगरपालिका–१० मा रहेको तुलसीमेहर मेमोरियल बोर्डिङ स्कुलले श्रीकृष्ण जन्माष्टमीको झलकसहित प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको छ।

मकवानपुरको संस्कृत शिक्षा अध्ययन÷अध्यापन गराउने एकमात्र संस्थागत सो विद्यालयले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर विद्यार्थीलाई राधाकृष्णका रुपमा सजाएर प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा छात्रलाई कृष्ण र छात्रालाई राधाका रुपमा सजाइएको थियो। ४२ जना कृष्ण र ४८ जना राधाले प्रतियोगितामा सहभागिता जनाएका थिए। राधाबाट प्रथम नावमी गुरुङ, द्वितीय रिया श्रेष्ठ र संस्कृति ढुंगेल तृतीय भएका थिए भने कृष्णबाट रसिल अधिकारी प्रथम, शाश्वत् अधिकारी द्वितीय र विप्रेश श्रेष्ठ तृतीय भए।

विद्यालयका प्रधानाध्यापक रघुनाथ खराल र सञ्चालक डा. रामप्रसाद अधिकारीले प्रथमलाई तीन हजार, द्वितीयलाई दुई हजार र तृतीयलाई एक हजार नगदसहित पुरस्कृत गर्नुभएको थियो। पुरस्कृत छात्र छात्राहरूलाई क्याम्पस सञ्चालक हेमन्त ढुंगेल, ह्यग्रीव आचार्य तथा शिक्षक विधान आचार्यको टोलीले छनोट गरेको हो।

विद्यार्थीलाई संस्कृतिबारे जानकारी गराउन कार्यक्रम राखिएको प्रअ खरालले बताउनुभयो। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष यम सिलवालको अध्यक्षतामा सम्पन्न भएको हो।