अठार करोड हिनामिनाको आरोपमा बैंक म्यानेजर पक्राउ

0
Shares

 नरेन्द्र केसी, दाङ । नक्कली खाता बनाएर १७ करोड ९९ लाख ९० हजार हिनामिना गरेको आरोपमा देव विकास बैंक दाङ नारायणपुरका प्रबन्धक घोराहीका समीर बुढाथोकी पक्राउ परेका छन्।

पक्राउ परेका बुुढाथोकीलाई म्याद थपका लागि उच्च अदालत नेपालगन्ज वाणिज्य इजालासमा पठाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुुभयो।
प्रवक्ता शाहले  भन्नुुभयो– ‘करोडौ हिनामिनाको कुरा वेस्टर्न बैंक मर्जसँगै बाहिरिएको थियो, जसको अनुुसन्धानका लागि राष्ट्रबैंकले अपराध अनुुसन्धान विभाग (सीआईबी)मा पठाएको थियो।’ सीआईबीले अनुुसन्धान थालनी गरेदेखि आरोपित प्रबन्धक बुुढाथोकी फरार रहेको उहाँले बताउनुुभयो।
म्याद थपपछि जिल्ला प्रहरी कार्यालयले थप अनुुसन्धान तथा आरोपितको चल÷अचल सम्पत्ती छानविन गरी सार्वजनिक गरिने शाहले बताउनुुभयो। बैंक म्यानेजरले बैंकको करोडौ रुपियाँ हिनामिना गरेको यो पहिलो घटना भएकाले प्रहरीले सूक्ष्म अध्ययन अनुुसन्धान गरी आवश्यक कारबाही गर्ने उहाँको भनाइ छ। पक्राउ परेसँगै रकम हिनामिनाको अनुुसन्धान शुुरू भइसकेको बताउनु भयो।

म्याद थपपछि जिल्ला प्रहरी कार्यालयले थप अनुुसन्धान तथा आरोपितको चल÷अचल सम्पत्ती छानविन गरी सार्वजनिक गरिने शाहले बताउनुुभयो।
२०६७ सालदेखि साविककोे वेस्टर्न डेभलपमन्ट बैंकमा जोडिनुुभएका बुढाथोकीले करिब डेढ वर्षदेखि प्रबन्धकको जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो। प्रबन्धकको जिम्मेवारी पाएको एक वर्षपछि नै रकम हिनामिना शुरू भएको पाइएको प्रहरीको भनाइ छ। करिब १८ करोड हिनामिना गर्नका लागि ७ महिनाको समय लागेको पाइएको प्रहरीको भनाइ छ।

शाखा कार्यालयमा दुुईवटा मात्रै कम्प्युुटर थिए। खाता सञ्चालनको काममा तिनै कम्प्युुटर प्रयोग गरिएको छ। बैंकका एक कर्मचारीले भने– ‘सबै काम फेक छ, हामीलाई शंका लाग्यो, त्यो शंकाको कुरा हेड अफिसमा पुुर्याऔं, हेड अफिसले पनि अनुुसन्धान थालनी गर्यो।
हाम्रो शंका र केन्द्रीय कार्यालयको अनुुसन्धान मिल्यो। अपराध अनुुसन्धान विभागमा उजुुरी दिएपछि बुढाथोकीलाई पक्राउ गरिएको हो।’