१ लाख २७ हजार छात्रवृत्ति वितरण

0
Shares

लमजुङ, (नेस)। विद्यालयको शिक्षास्तर वृद्धि एवम् प्रविधि मैत्री विद्यालय बनाउने क्षेत्रमा काम गर्दै आएको संस्था किस इक्युपको सहयोगमा लमजुङको बेसीशहर नगरपालिका–७ को चण्डीडाँडास्थित जनविकास माध्यमिक विद्यालयले विद्यालयका १० जना छात्र–छात्रालाई १ लाख २७ हजार बराबरको छात्रवृत्ति वितरण गरेको छ।
छात्र–छात्रालाई पठनपाठनमा सहयोग पुगोस भन्ने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको सो विद्यालयका प्रधानाध्यापक खिला शर्मा धितालले बताउनुभयो। सहयोगी संस्था किस इक्युपले विद्यालयमा आयोजित कार्यक्रमका बीच छात्रछात्रालाई उक्त छात्रवृत्ति रकम हस्तान्तरण गरेको हो।
विद्यार्थीको नियमित अध्ययन र शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले प्रति विद्यार्थी १२ हजार ७ सय रुपियाँका दरले छात्रवृत्ति प्रदान गरेको विद्यालयका सहायक प्रधानाध्यापक राजु थापाले जानकारी दिनुभयो।
अभिभावकको उपस्थितिमा छात्रवृत्तिदाता किस इक्युपका दिलबहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर बस्नेत र विद्यालयका प्रधानाध्यापक खिला शर्मा धितालले सयुंक्तरूपमा विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गर्नुभएको हो।

जनविकास माविमा गत वर्षदेखि वार्षिकरूपमा गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति सहयोग गर्दै आएको किस इक्युपले यसै वर्ष विद्यालयलाई कम्प्युटरसमेत सहयोग गरेको सहायक प्रधानाध्यापक थापाले जानकारी दिनुभयो।