प्रहरीलाई ४० हजार घूस दिने पक्राउ

0
Shares

भक्तपुर, (नेस) ।प्रहरीलाई कार्यकक्षमै आएर घूस दिनखोज्ने एक व्यक्ति पक्राउ परेकाछन्। बिहीबार दिउँसो भक्तपुर प्रहरी परिसरको कार्यकक्षमा आएर प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टलाई घुस दिन खोज्ने सिन्धुपाल्चोक चौतारा स्थायी घर भई भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने गंगालाल श्रेष्ठ पक्राउ परेकाहुन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलका अनुसार गत असार ७ गते जुवा खेलाइरहेको अवस्थामा पक्राउ परेर छुटेका श्रेष्ठले जुवा खेलाउन दिनुपर्यो भन्दै प्रहरी निरीक्षक विष्टको कार्यकक्षमा आएर ४० हजार रुपियाँघूस दिन खोजेपछि पक्राउ गरिएको थियो।

घूस दिन खोजेको भन्दै प्रहरीले अख्तियारलाई जानकारी दिएपछि श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कर्मचारी आएर थप अनुसन्धान तथा कारबाहीका लागि लगेको प्रवक्ता पोखरेलले बताउनुभयो।