चोरीमा संलग्न ३ समातिए

0
Shares

क्तपुर, (नेस) चाँगुनारायण नगरपालिका–८ सुडालको रानीबारीबाट विभिन्न्न गरगहनासहित रकम चोरी गरेर भाग्दै गरेका २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–१ घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने दीपक गिरी र चाँगुनारायण नगपालिका–६का बुद्ध तामाङ रहेको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रराज जोशीले जानकारी दिनुभयो।

चाँगुनारायण नगरपालिका–८ सुडालको रानीबारीमा रहेको सुमन खत्रीको घरबाट ५ तोला सुनका गरगहना, ५ थान मोबाइल, १ थान घडी, २ थान पेनड्राइभ र ७ हजार ७ सय ९० रुपियाँनगद चोरी गरेर भाग्दै गरेका गिरीलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो।

यसैगरी तामाङलाई भक्तपुरको कमलविनायकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नंखेलस्थित श्रीराम श्यामाजूले खेतमा काम गर्नेक्रममा खेतको आलीमा राखेको नगदसहित विभिन्न कागजातको झोला चोरी गर्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कपिलवस्तु मोतिपुर नगरपालिका–७ कोइली वनगाईका शुुशील कुसुबार रहेका छन्।