५ करोडको कोकिन विमानस्थलबाट बरामद

0
Shares

नेपाल समाचारपत्र, काठमाडांै। प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध कोकिनसहित एक जनालाई पक्राउ गरेको छ। दोहाबाट काठमाडौं आएका आइभेरिकोस्टका नागरिक मार्सल गुहीलाई १ किलो ६ सय ग्राम कोकिनसहित पक्राउ गरेको हो।

दोहाबाट काठमाडौं आउँदैगरेको कतार एयरवेजको उडानमा रहेका गुहीले कोकिन बोकेर काठमाडौं आउँदै गरेको सूचना पाएपछि प्रहरी बिमानस्थलमा तैनाथ रहेको थियो। उनी बिमानस्थलबाट सिधै सोल्टी होटल जाने र त्यहाँसामान दिएर आफ्नो देश फर्कने सूची बनाएर नेपाल आएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

उनी दक्षिण अमेरिकी देशबाट विभिन्न मुलुक हँुदै काठमाडौं आइपुगेका थिए। प्रहरीले बरामद गरेको उक्त लागूऔषधको मूल्य ५ करोड नेपाली रुपियाँभन्दा बढी रहेको प्रहरीले जानकारी दिएको छ।

विषेश गरी कोकिनको तस्करीमा संलग्न रहेका तस्करले नेपाललाई अन्तिम ट्रान्जिटकारूपमा प्रयोग गर्नेगरेको पाइएको छ। पक्राउ परेका गुहीले नेपालमा समान दिएपछि उक्त सामान नेपालबाट थाइल्यान्ड पठाउने तयारी भएको बताएका छन्।