डेंगुको संक्रमणबाट एक जनाको मृत्यु

0
Shares

डोटी । डेंगुको संक्रमणबाट डोटीमा एक जनाको मृत्यु भएको छ । दीपायल सिलगढी नगरपालिका–६, थापलाकी ४२ वर्षीया छत्र मलासीको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

ज्वरो आउने, टाउको दुख्ने, समस्या देखिएपछि माया मेट्रो अस्पताल, कैलालीमा भर्ना भएकी मलासीको बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।