कार्यसम्पादन नियमावली संशोधन

0
Shares

काठमाडौं, (नेस)। अब भिडियो कन्फरेन्सलगायतका प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने भएको छ।

प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला सो प्रविधि प्रयोग गरेर बैठक बस्न मिल्ने गरी सरकारको कार्यसम्पादन नियमावली २०६४ मा संशोधन गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो।