डाक्टर तथा कर्मचारीहरुद्धारा दिए सामूहिक राजीनामा

0
Shares

दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले सामूहिक राजीनामा दिएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति सङ्गीता भण्डारीको गलत हर्कत तथा ज्यादतीको विरुद्धमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै डाक्टरको सामूहिक राजीनामा दिएको बताएका छन ।

उपकुलपति प्रा।डा। संगीता भण्डारीले आफूहरुलाई बिभिन्न बाहनामा स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने, धम्की दिने लगायतका मानसिक पीडा दिएको आरोप लगाउँदै उनीहरुले बिहीबार सामूहिक राजीनामा दिएका हुन् ।