विषालु च्याउ खाँदा एकै घरका २ जना सिकिस्त

0
Shares

बागलुङ । ढोरपाटन–६ चामिद्धारमा विषालु च्याउ खाँदा एकै घरका २ जना ससुरा–बुहारी सिकिस्त बिरामी परेका छन् ।

स्थानिय ६८ वर्षिय लक्ष्मण सिंह बुढा मगर र उनका बुहारी वर्ष २८ की प्रतिक्षा बुढा मगर सिकिस्त विरामी परेको ढोरपाटन नगरपालिकाकी उप–प्रमुख करमती पुनले जानकारी दिईन् ।

पुनका अनुसार, विहिबार विहान आफ्नै घरदैलोमा उम्रिएको मल्लेउ र सिताके जातको च्याउ खाँदा उनिहरु विरामी परेका हुन् ।

अचेत अवस्थामा रहेका दुवै जनाको अधिकारीचौर स्वास्थ्य चौकीमा उपचार नसकेपछि हेलिकोप्टर मार्फत मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।

उनिहरुको अवस्था गम्भीर देखिए पछि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीको विशेष पहलमा हेली चार्टर गरी पोखरा रिफर गरिएको हेल्थ असिष्टेन्ट घर्तीको भनाई छ ।

च्याउ खाद्य वा अखाद्य भएको छुट्याउन नसक्दा जङ्गली च्याउमा हुने विषालु पदार्थहरूले मानिसको कलेजो, मिर्गौला र मस्तिष्कमा असर पु¥याउने अवस्था जटिल रहेको हेल्थ असिष्टेन्ट घर्तीको भनाई छ ।

अखाद्य च्याउले वाकवाकी लाग्ने, बान्ता हुने, पेट काट्ने, पखाला लाग्ने हुनुका साथै कलेजो र मिर्गौलाले काम नगर्ने पनि हुनसक्ने हुनु सक्छ ।