करेन्ट लागेर यादवको मृत्यु

0
Shares

सिराहा । बरियारपट्टी गाउँपालिका-४ सोपुर बस्ने २८ वर्षीय श्यामलाल यादवको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।

आफ्नै खेतमा पानी लगाउन मोटर चालाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।