ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0
Shares

धनुषा । जनकपुर उपमहानगरपालिका-१४ ढल्लेबरमा ज ७ प २०७२ नम्बरको मोटरसाइकललाई ना २ ख ९२२० नम्बरको ट्रकले बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१ पुलचोक बस्ने ४५ वर्षीय रवि मेस्तरको मृत्यु भएको छ ।

उक्त ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मेस्तरको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।