प्रधानमन्त्री अनुपस्थित हुँदा पनि मन्त्रीपरिषद् बैठक चलाउन सकिने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री सिंगापुर भएका बेलामा पनि मन्त्रिपरिषद् बैठक चलाउन सकिने भएको सरकारका प्रवक्ता एवंम सञ्चारमन्त्री गोकुल प्रसाद बाँसकोटाले बताएका छन् ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भिडिओ कन्फरेन्स’बाट मन्त्रिपरिषदका बैठकहरू प्रधानमन्त्री विदेश भएका बेला पनि बैठक बस्ने गरी व्यवस्था मिलाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ । ’